July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

शनिबार ६४ जिल्लामा कांग्रेसको पालिका महाधिवेशन हुने

2.3K

काठमाडाैं । शनिबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६४ जिल्लामा गाउँपालिका,नगरपालिका अधिवेशन हुने भएको छ । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार पालिका अधिवेशन हुने कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारी बैठकको निर्णयअनुसार भोलि ६४ जिल्लाको पालिका अधिवेशन सुरु हुने जानकारी दिए । 

बाँकि १३ जिल्लाको वडा तहको अधिवेशन नभएका कारण ती जिल्लाको पालिका अधिवेशन भने अनिश्चित बनेको छ । प्रवक्ता शर्माले ती जिल्लाको क्रियाशील विवाद शनिबारभित्र टुंग्याएर वडा अधिवेशनको मिति तय गरिने जानकारी दिए । कांग्रेस पदाधिकारी बैठकले २१ हिमाली जिल्लाको जिल्ला अधिवेशन दसैंअगाबै सक्ने र बाँकिको दसैँपछाडि सम्पन्न गर्ने निर्णय गरेको छ ।

अधिवेशनको कार्यतालिकालाई लिएर संस्थापन र इतरपक्षबीच मतभेदको अवस्था रहेको छ ।

Advertisement