July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नारावाजी

2K

काठमाडौं । सर्लाहीका सांसद अमरेश सिंहलाई कारवाही गर्न माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा संस्थापन पक्षकै नेता कार्यकर्ताहरूले नारावाजी गरेका छन् ।

सर्लाहीको क्रियाशील सदस्यता विवाद सम्बन्धमा संस्थापनइतर पक्षका नेता कार्यकर्ताहरूको विरोध प्रदर्शन सकिएलगत्तै प्रदेश २ का युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सर्लाहीका नेता सुरेन्द्र सिंहको नेतृत्वमा प्रदर्शन नाराबाजी भएको हो । उनीहरूले सर्लाहीका सांसद अमरेश सिंहलाई कारवाही गर्न माग गरेका छन् ।

आफूलाई झूठो आरोप लगाएर बदनाम गर्न खोजिएको भन्दै प्रदेश मन्त्री सिंहले सर्लाहीबारे अनावश्यक विवाद झिकिएको बताए ।

Advertisement