April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

परराष्ट्रमन्त्री नारायण खड्कालाई दुई छिमेकी मुलुकको बधाई

1.6K

काठमाडौ । परराष्ट्रमन्त्री नारायण खड्कालाई दुई छिमेकी मुलुक चीन र भारतले बधाई दिएका छन् ।

मन्त्री खड्कालाई उत्तरी छिमेकी काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले खड्काले पदभार ग्रहण गर्दै गरेको तस्बिरसहितको परराष्ट्र मन्त्रालयको ट्वीट रिट्वीट गर्दै उनलाई बधाई दिएकी छन् भने भारतीय समकक्षी एस जयशंकरले बुधबार सामाजिक सञ्जाल ट्वीटरबाट खड्कालाई बधाई दिएका छन् ।

राजदूत यान्छीले लेखेकी छन्–‘नेपालको परराष्ट्रमन्त्री नियुक्त हुनु भएकोमा माननीय नारायण खड्कालाई बधाई! नेपाल–चीन सम्बन्ध र हामीबीचको सहयोग बढाउन तपाईंसँग काम गर्न प्रतीक्षारत छु ।’

Advertisement

त्यसैगरी भारतीय समकक्षी एस जयशंकरले लेखेका छन्– ‘नेपालको परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा माननीय डाक्टर नारायण खड्कालाई बधाई, म उहाँसँग काम गर्न प्रतीक्षारत छु ।’

स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना छ । संयुक्त राष्ट्र संघको ७६औं महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री न्युयोर्कमा छन् भने परराष्ट्रमन्त्री खड्का आज अपराह्न न्युयोर्क पुग्दै छन् ।