April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी

1.6K

काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ बताएका छन् ।

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता महराले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको बताएका हुन् ।

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य अथवा सांसदले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनमा अध्यादेशमार्फत् संशोधन गरेको थियो । सरकारले भदौ २ गते जारी भएको अध्यादेश भदौ २३ गते प्रतिनिधि सभामा पेश गरेको थियो ।

Advertisement

संविधान अनुसार यसरी जारी भएको अध्यादेश संसदमा पेश भएको साठी दिनसम्म लागू रहन्छ । अर्थात् राजनीतिक दलसम्बन्धी अध्यादेश आगामी कात्तिक २१ गते मात्र खारेज हुन्छ ।