काठमाडौ । पहिरोमा परी गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको छ ।
प्रहरीका अनु्सार छोरीहरू २१ वर्षकी भावना परियार, १४ वर्षका जुम्ल्याहा गंगा परियार र जमुना परियारको हो ।
गए राति करिब १ बजेतिर पहिरो घरमाथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो । पुरिएर तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनास्थलमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी पुगिसकेको छ । पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शव परीक्षण गर्न तम्घास अस्पताल पठाइएको छ । घरमुली तिलक, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेको प्रहरीले बताए ।
उनीहरू अर्कै कोठामा सुतेका थिए । उनीहरूलाई छिमेकीको घरमा राखिएको पनि प्रहरीले जनाएको छ ।