November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मेलम्चीको पानी ४ महिनाभित्र सुन्दरीजलमा आउने

2.3K

काठमाडौं – मेलम्चीको पानी चार महिनाभित्र सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झारिने भएको छ। सुरूङमा रहेका त्रुटि सच्याइरहेको खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले बताएका छन्।

गत असार महिनामा सुरूङ परीक्षण गर्ने क्रममा दुर्घटना भएको थियो। सूचना अधिकारी पन्तले भने, ‘विदेशबाट प्राविधिक टोली आउँदैछन्, परीक्षणलगायत सबै काम सकेर चार महिनाभित्र सुन्दरीजलमा पानी झर्छ।’

उनका अनुसार प्राविधिक टोली आइसकेपछि पुनः परीक्षण गर्न दुई महिना समय लाग्ने छ। टोलीले प्रतिवेदन बुझाइ सकेपछि मात्रै पानी झारिने छ।

Advertisement