काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ सेन्टिमिटर कायम भएको छ। मंगलबार नयाँ उचाइ घोषणा गरिएको हो।
नेपाल र चीनद्वारा संयुक्तरुपमा नयाँ उचाइ घोषणा गरिएको हो।
यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर तय गरिएको थियो। जुन उचाइ सन् १९५४ मा भारतको सर्भे अफ इन्डियाले मापन गरेको हो।