May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन् : प्रधानमन्त्री

1.1K

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन्।  

श्रीकृष्ण जन्माष्टमी  तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै देउवाले नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गरे।

“श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने सबैमा शुभकामना व्यक्त गर्दछु,” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ।

Advertisement