May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

नेपाली राजनीतिमा सूर्य उदाएको छ : माधव नेपाल

1.1K

काठमाडौं-नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा एउटा चम्किलो सूर्य उदाएको बताएका छन् । समाजवादीको संसदीय दलको आइतवार बानेश्वरमा बसेको बैठकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् । ‘नेपाली राजनीतिमा एउटा नयाँ तारा उदाएको छ’, उनले भने, ‘एकीकृत सजमावादीको नाममा नयाँ सूर्य उदाएको छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको लामो समयदेखिको संघर्षबाट यो पार्टी जन्मिएकाले जनता माझ स्थापित हुने पनि बताए ।

‘पुनर्गठित पार्टी नेकपा एकीकृत समाजवादी बलियो शक्तिका रुपमा उदाएको छ’, उनले भने, ‘हामीले निकै लामो समयदेखि संसद र पार्टी दुवैतिर संघर्ष गरेका थियौं । केपी ओलीजीका गलत व्यक्तिवादी विचार र दृष्टिकोणविरुद्ध संघर्ष गरेका थियौं ।’

तर आफूहरुले ओलीलाई सुधार्न नसकेको पनि उनले बताएका छन् ।

Advertisement

‘ओली सुध्रिन सकेनन्, सुध्रनु भन्दा पनि मानेनन्’, उनले भने, ‘पार्टीको भविष्य के होला भनेर चिन्ता थियो । न्यायका लागि लड्ने हामीहरु आफ्नै लागि लड्नुपर्‍यो ।’ ओलीको अत्याचार धेरै सहेको उनले बताए । ‘ओलीको अत्याचार सहँदै सहँदै आयौं’, उनले थपे, ‘बजेट बाँडफाँटमा पनि विभेद गरे । ओलीले अध्यक्ष भएदेखि हामीमाथि अन्याय गरिरहे ।’