February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

केही दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने बालुवाटार बैठकको निष्कर्ष

1.2K

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार बिहान बालुवाटारमा छलफल भएको छ।

भेटमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियाे। सत्ता गठबन्धनका दलका शीर्ष नेताबीचको बैठकमा केही दिनमै  मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी भएको जनाइएको छ।

यसअघि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको दल दर्तालगायतको वैधानिक प्रक्रिया भए लगत्तै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बताउँदै आएका थिए।

Advertisement