काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । देउवा तत्काल आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा रहेपनि गठबन्धनभित्रका दलहरुको आन्तरिक किचलोका कारण ढिलाइ हुँदै आएको छ ।