May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने

5.6K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले आइतबार सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

मन्त्री चयन भने मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने निर्णय भएको एक नेताले बताए । ‘सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने निर्णय भएको छ,’ ती नेताले भने ।

सत्ता साझेदार दलका नेताहरुबीच एकीकृत समाजवादीले पाँच मन्त्रालय लिने भद्र सहमति भएको छ । मन्त्री संख्या भने टुंगिन बाँकी छ ।

Advertisement

‘हामीले सरकारमा सहभागी हुने निर्णय गरेका छौं । मन्त्रालय संख्या पनि लगभग टुंगिएको छ,’ एक नेताले भने ।

माधवकुमार नेपालले २ भदौमा नेकपा एमालेबाट अलग भएर गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।