June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक शुरु

3.4K

काठमाडौं- नेता माधवकुमार नेपाल नयाँ पार्टी बनाएर अलगिएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक शुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकले तीन वटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

केन्द्रीय सदस्य समेत रहेका तामाङका अनुसार १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुनेछ । त्यस्तै तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने रहेको छ ।

Advertisement