February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

एकीकृत समावादी दर्ताका लागि हस्ताक्षर गर्ने ‘एमाले’ सांसद्हरु यी हुन् (नामावलीसहित)

1.7K

काटमाडौं । नेकपा एमालेबाट विभाजन भएर पार्टी अलग बनाउने पक्षमा एमालेका ३० जना सांसद् र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

बुधबार निर्वाचन आयोगमा सनाखतका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका २० सांसद् र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका हुन् ।

२९ जना सांसद्ले सनाखत गरेको सूची आयोगमा टाँसिएको छ । झलनाथ खनालले भारतको दिल्लीबाटै सनाखत गरेको जनाइएको छ ।

Advertisement

एमालेका कुल सांसद्को २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
कल्याणीकुमारी खड्का
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
निरुदेवी जैरु
प्रेमबहादुर आले
मेटमणी चौधरी
सरला यादव
भवानी खापुङ
पुष्पकुमारी कर्ण कायस्थ
समिन हुसेन
कृष्णलाल महर्जन
कृष्णकुमार श्रेष्ठ
कलिला खातुन
हिराचन्द्र केसी
धनबहादुर बुढा
गोपालबहादुर बम
पार्वतीकुमारी विशुंखे
लक्ष्मी चौधरी
बिना बुढाथोकी
बेदुराम भुसाल
शेरबहादुर कुँवर
ठगेन्द्रप्रसाद पुरी
उदया शर्मा (पौड्याल)
सिंहबहादुर विश्वकर्मा
नन्दा चपाईं
शान्तिकुमारी अधिकारी जिसी
झलनाथ खनाल (भारतबाट सनाखत)