May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

‘चार महिनाभित्रै प्रचण्ड र माधव नेपालको पार्टीबीच एकीकरण’

2K

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का नेताहरुले चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणि चौधरीले यस्तो बताएका हुन् ।

‘अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छ’, उनले भने, ‘त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ । हामीबीच कुरा अघि बढेको छ ।’

‘प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ’, उनले भने, ‘त्यसपछि हाम्रो पार्टी मुलुककै ठूलो पार्टी बन्छ ।’ उनले आफूहरु एकल अध्यक्ष, बहुमतीय प्रणालीमा नेकपा एकीकृत समाजवादी जाने बताए । त्यसका लागि पार्टीमा १७ जना पदाधिकारी राखिने पनि जानकारी दिएका छन् ।

Advertisement

चौधरीले दोस्रो पुस्ताका नेताहरुले माधव नेपाललाई उचालेर अन्तिममा धोका दिएको पनि बताएका छन् । ‘सबै मान्छे युद्धको मैदानमा रहँदैनन् नि’, उनले थपे, ‘माधव नेपालसँग हामी छौं । अब हामी अघि बढेका छौं ।’ नेकपा एकीकृतमा अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको उनको भनाइ थियो ।