March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

दल दर्ताका लागि माधव नेपालसहितका नेता निर्वाचन आयोगमा

1.3K

काठमाडौं- प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् । निर्वाचन आयोगले सनाखतका लागि उनीहरुलाई अहिले साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।

३१ सांसद र ५८ जना केन्द्रीय सदस्य सनाखतका लागि आयोगमा उपस्थित भएका छन् । दल दर्ताको निवेदनमा हस्ताक्षर छुट भएका र पछि थपिएकाको हकमा के गर्ने भन्ने निर्णय आयोगले गरिसकेको छैन । निर्वाचन आयोगले आज नै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।
यसअघि दुई दिनसम्म नेकपा (एकीकृत समाजवादी) का नेताहरु चन्द्रागिरिमा छलफलमा जुटेका थिए ।

Advertisement