काठमाडौं – राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेश संविधान सम्मत नभएको भन्दै अधिवक्ता प्रवेश केसीले रिट दर्ता गर्न लागेका हुन् । मन्त्रिपरिषद बैठकले सिफारिस गरेबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
उनले जारी गरेक अध्यादेशमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको छ ।