काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेका १४ सांसदले आफूहरुलाई कारवाही प्रक्रिया अघि नबढाउन संसद् सचिवालयसहित निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।
माधवकुमार नेपाल नेतृत्वमा १४ जना सांसदले ओलीले गरेको कारवाही अवैधानिक भएको दावी गर्दै संसद सचिवालयलाई गुहारेका हुन् । ‘२०७८–०५–०१ गते नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले संघीय संसद् सचिवालयलाई लेखेको पत्र अवैधानिक र दुरासयपूर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारवाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन हार्दिक अनुरोध गर्दछौं’, पत्रमा लेखिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले मंगलबार माधव नेपालसहितका १४ जनालाई कारवाही गरिएकोे पत्र संसद सचिवालयमा दर्ता गराएका थिए। सो पत्र आजै सभामुख अग्नि सापकोटा समक्ष पेश गरिएको छ ।