March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

प्रतिनिधि सभा विघटनविरुद्धका बाँकी २९ रिट एकसाथ संवैधानिक इजलासमा

1.4K

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संसद विघटन गरेपछि परेका २९ रिटमा आज (बुधबार) एकसाथ सुनुवाइ हुने भएको छ । यसअघि शेरबहादुर देउवासहित १४६ सांसदको रिटमा सुनुवाइ गरेकै न्यायाधीशहरुको इजलासमा पेशी तोकिएको छ ।

उक्त रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो । २९ मध्य ४ वटा रिटमा भने केपी ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ । केही रिटको भने प्रारम्भिक सुनुवाइ पनि भएको थियो । तर पछि इजलास गठनमा विवाद भएपछि सुनुवाइ सुरुबाटै भयो र देउवासहितको रिटको सुनुवाइ सकेर मात्रै अरु रिटमा जाने इजलासले निर्णय गरेको थियो ।

शेरबहादुर देउवासहितका सांसद नै सर्वोच्च पुगेर रिट दायर गरेपछि संवैधानिक इजलासले उक्त रिटको सुनुवाइ गरेर मात्रै अन्य रिट बारे फैसला गर्ने निर्णय गरेको थियो । उक्त रिटमा फागुन २८ गते फैसला गर्दै देउवालाई दुई दिनभित्रमा प्रधाननमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

Advertisement

यही प्रकृतिका मुख्य रिटमा आदेश भइसकेकाले बाँकी रिटमा सोही बमोजिम हुने गरी यी रिटको टुंगो लाग्ने एक निवेदकले बताए। ‘सांसदज्यूहरु आफैं गइसकेपछि मुख्य सरोकारवाला उहाँहरु हुनुभयो । मुद्दाको छिटो टुंगो लगाउनका लागि पहिले त्यो रिटको सुनुवाइ गरियो । एउटै विषयका रिट भएकाले सोही आदेशबमोजिम गर्नु भनेर अदालतले टुंग्याइदिन्छ । यो औपचारिकताको लागि मात्रै हो’, उनले भने । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यराति संसद विघटन गरेकी थिइन् । तर दोस्रो पटक गरिएको विघटन पनि सर्वोच्चले बदर गरिदिएको हो ।