काठमाडौं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय गरेको छ।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरेको हो।
उनीहरुलाई कारबाही गरेको पत्र निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी गराइएको छ।