March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

एमाले फुटाउने निर्णय देउवालाई महङ्गो पर्ने ओलीको चेतावनी

2.8K

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज हुनुपर्ने बताएका छन् ।
आज (मंगलबार) एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने बताए ।

संसद भवन नयाँ बानेश्वरमा शुरु भएको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले प्रधानमन्त्री देउवाले कांग्रेस र एमालेबीचको समझदारीको राजनीति पनि अन्त्य गरेको आरोप लगाए । ‘अहिले नेकपा एमाले फुटाउन जुन क्रियाकलाप गर्दैछन्, त्यसमा खेद छ’, उनले भने, ‘लोकतन्त्रका लागि एकसाथ लडेर आएका हुन् एमाले र कांग्रेस । हामीबीच प्रतिस्पर्धा छ तर लोकतन्त्र जोगाउने समझदारी थियो ।’

उनले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारलाई टालाटुली बटुलीको संज्ञा पनि दिएका छन् । ‘यो गठबन्धन टालाटुलीबटुली कति राम्री पुतली जस्तै हो’, उनले भने, ‘विभिन्न खालका टालाटुलीहरु भेला भएर बनेको यो सरकारको पृष्ठभूमिबारे मैले धेरै भन्नै पर्दैन ।’

Advertisement

ओलीले देउवा नेतृत्वको यो सरकारसँग कुनै अपेक्षा नरहेको पनि बताए । ‘यो सरकारसँग केही अपेक्षा गर्न सकिँदैन’, उनले थपे, ‘हाम्रो पार्टी फुटाउन जुन–जुन शक्ति लागेका छन् । कांग्रेसको नेतृत्वमा एमाले फुटाउन गरिएको कार्य महंगो पर्नेछ ।’ एमाले सांसदीय दलका नेता समेत रहेका ओलीले तीन दिनभित्र संसद् बैठक बोलाउन माग गरेका छन् ।