March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

1.1K

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आज (मंगलबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न सकिने अध्यादेश ल्याउने निर्णय लगत्तै देउवा शीतल निवास पुगेका हुन् ।

एमालेलाई विभाजित गर्ने योजनासहित ल्याइएको अध्यादेश जारी गर्नका लागि मन्त्रिपरिषद्ले शीतल निवास पठाइसकेको छ । उक्त अध्यादेशपछि एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाउने तयारी गरिसकेको छ । त्यसका लागि नेता नेपालले आफू पक्षीय सांसद र केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिइसकेका छन् ।

Advertisement