March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

तल्लो कमिटीसम्म बहुपदमा जाने माओवादी केन्द्रको निर्णय

1.4K

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रले तल्लो कमिटीसम्मै बहुपदमा जाने निर्णय गरेको छ । अन्तरिम विधानमा उल्लेख भएअनुसार सबै कमिटीहरुमा बहुपदमा जाने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । २०६९ साल माघमा मकवानपुरको हेटौंडामा भएको महाधिवेशनबाट माओवादी बहुपदमा गएको थियो ।

त्यसबेला माओवादीको एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, तीन सचिव र एक कोषाध्यक्षको व्यवस्था गरिएको थियो । शनिबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले तल्लो कमिटीसम्म बहुपदमा जाने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पारित गरेको छ ।
‘माओवादी केन्द्रका सबै समिति बहुपदीय हुने ।

केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा प्रदेश र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने’, एक केन्द्रीय सदस्यले भने, ‘जिल्ला समन्वय समिति हुने, जनआधारित अग्रदस्ता निर्माण गरिने र अध्यक्ष प्रचण्डकै नेतृत्वमा विचारको विकास र सांस्कृतिक रुपान्तरण गर्नुपर्नेमा जोड छ ।’

Advertisement