बुटवल- लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । भदौ १ गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको ९ औं अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
नव नियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले अधिवेशनको पहिलै दिन नै प्रदेश सभाबाट विश्वासको मत लिने तयराी गरेको स्रोतले जनाएको छ । केसी २८ साउनमा मुख्यन्त्री नियुक्त भएका थिए । नव नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।
प्रदेश प्रमुख अमिक शेरचनले गएको शुक्रबार मात्रै प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरेका थिए । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ ।