March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

माओवादी केन्द्रको प्रस्तावः ओलीविरुद्धको गठबन्धन चुनावसम्म कायम होस्

1.7K

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई आउने तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेको छ ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले शनिबार पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने प्रस्तावमा उल्लेख छ ।

प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना आफ्नो प्रस्तावमा अघि सारेका छन् । ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत प्रचण्डको भनाई छ ।

Advertisement

प्रचण्डले एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको बताए ।