काठमाडौं – नेपालमा आज ३,६११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,७८३ पिसीआर र ४,८७८ ऐन्टिजेन गरी १४,६६१ वटा नमुना परीक्षणमा ३,६११ जना संक्रमित थपिएका हुन् । विहीवारको तुलनामा संक्रमित हुनेको संख्या झण्डै ३ सयले बढी हो ।
काठमाडौंमा ५५६, ललितपुरमा १८७ र भक्तपुरमा ७६ गरी उपत्यकामा आज उपत्यकामा ८१९ नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा हालसम्म ३५ लाख ९४ हजार २०२ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३ लाख १४ हजार १११ गरी ३९ लाख ८ हजार ३१३ नमुना परीक्षणमा हालसम्म ७ लाख ५३ हजार ६३३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १,८१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १८१६ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २६ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,८३४ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म ३१ हजार १४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये २७ हजार ८२० जना होम आइसोलेशन र ३,१९४ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
त्यस्तै हाल देशैभरीका विभिन्न अस्पतालमा ६८६ जना आइसीयु र १६१ जना भेन्टिलेटरमा रहेका छन् । विहीवारको तुलनामा आज भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्यामा वृद्दि भएको छ ।