February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

नेपाल पक्षको निष्कर्ष : एकताका लागि थप प्रयास गर्ने,ओली र नेपाललाई एकता बिथोलिने अभिव्यक्ति नदिन आग्रह

3.1K

काठमाडाैं : नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ।

माधव नेपाल पक्षीय नेताहरुको आइतबार र सोमबार काठमाडौंको वुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको स्थायी कमिटीका नेताहरुको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयासहरु सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुंगोमा पुर्याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेको छ ।

Advertisement

‘पार्टी एकताका लागि भएका प्रयासहरु धेरै हदसम्म सकारात्मक छन्। ती प्रयासहरूलाई छिटो टुंगोमा पुर्‍याउनका लागि थप प्रयास गरौं भन्ने कुरा भयो। सबैै नेताहरुले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन्।

‘बैठकपछि नेता रघुजी पन्तले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘तर दुवै पक्षका शिर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासहरूलाई बिथोलिने गरी अभिव्यक्ति दिनुभएन।’ नेकपा एमालेका देशभरीका कार्यकर्ता, मतदाताहरू र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनताहरु एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ। त्यसैले पार्टी एकतालाई गम्भिरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ।’

‘बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शिर्ष नेताहरुलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिए । पार्टीलाई एकतावद्ध बनाउँदै देशव्यापी रुपमा सशक्त ढंगले अघि बढन आफूहरु तयार रहेको उनले बताए।

बैठकमा संविधानको रक्षा, प्रतिनिधिसभाको पुनःस्थापनासँगै यसको प्रभावकारी काम कारबाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि नेताहरुले छलफल गरेका थिए ।