April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

राष्ट्रपति भण्डारी र ओलीबीच शीतलनिवासमा भेटवार्ता

1.4K

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। 

राष्ट्रपति भण्डारीलाई भेट्न ओली शुक्रबार बिहान ११ बजेतिर शीतल निवास पुगेका थिए। राष्ट्रपति भण्डारी र ओलीबीच करिब ४५ मिनेट कुराकानी भएको शीतल निवास स्रोतले जानकारी दियो।

दुवै जनाबीच के विषयमा कुराकानी भयो भन्नेबारे खुलेको छैन। 

Advertisement

तर, एमालेको राजनीतिमा प्रत्यक्ष चासो राख्दै आएकी राष्ट्रपति र ओलीबीच पार्टी राजनीतिको पछिल्लो विकासक्रमबारे छलफल भएको हुनसक्ने स्रोतले जानकारी दिएको छ।