April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

प्रचण्डदेखि विप्लवसम्मका सात कम्युनिष्ट नेता आज एउटै मञ्चमा

1.4K

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सम्मका कम्युनिष्ट पार्टीका शीर्ष सात नेताले आज (शुक्रबार) एकै मञ्चबाट सम्बोधन गर्दैछन् ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने निम्तो गरिएको छैन । पुष्पलाल स्मृति दिवसका उपलक्ष्यमा पुष्पलाल मित्रता केन्द्रले आज दिउँसो काठमाडौंमा आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा ओली बाहेक कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई वक्ताका रूपमा बोलाइएको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा दिउँसो साढे १२ बजे कार्यक्रम शुरु हुने जनाइएको छ । त्यस क्रममा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रम राखिने भएको हो ।

Advertisement

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेकपा महासचिव ‘विप्लव’ ले प्रवचन दिने छन् । यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले नेता अष्टलक्ष्मी शाक्यले पनि प्रवचन दिनेछन् ।