April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

केपी ओली र माधव नेपालबीच भेटवार्ताको तयारी

2.4K

काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुन लागेको हो । 

‘दुई नेताबीच आज साँझ कुनै पनि बेला भेटवार्ता हुनसक्छ’, एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले भने, ‘हामीले कुरा गर्दा दुवै नेताले भेट्ने सहमति जनाउनुभएको छ ।’

माधव नेपाल पक्षका अर्का एक स्थायी समिति सदस्यले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको बताए । ‘आज भेटवार्ता हुने कुरा छ । समय र स्थान तय भैसकेको छैन’ ती सदस्यले बताए । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो । 

Advertisement

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेकोमा उनीहरुलाई आज कारवाही गर्ने भनिएपनि कारवाहीको प्रक्रिया अघि बढाइएको थिएन ।