July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

माधव नेपाललाई भेट्न बानेश्वर पुगे घनश्याम भुसाल

175

काठमाडौं- नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक चल्दाचल्दै कार्यदल सदस्य घनश्याम भुसाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न बानेश्वर पुगेका छन्।

उनीहरूबीच अहिले बानेश्वरको जनता डबलीको कार्यालयमा छलफल जारी छ। कार्यदलमा भएको छलफल र सहमतिबारे परामर्शका लागि भुसाल नेता नेपाललाई भेट्न गएका हुन्।

कार्यदलको बैठक भने सिंहदरबारमा बसिरहेको छ। आज सहमति सार्वजनिक गर्ने यसअघि नै बताइसकेका कार्यदलका नेताहरू बिहान ९ बजेदेखि निरन्तर छलफलमा छन्। 

सहमतिको मस्याैदा अन्तिम चरणमा पुगेको दाबी गर्ने नेताहरूलाई निचोडमा पुग्न भने सकस भइरहेको छ।