July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

निर्वाचन आयोग जाँदै पूर्वमाओवादी केन्द्रका नेता

70

काठमाडौँ – पूर्वमाओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोग जाने तयारी गरेका छन् । केही दिन अगाडि एमालेमा प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेताहरुले दल दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

सोही विषयमा बुझ्न आज आफूहरु आयोगमा जाने नेता मणी थापाले जानकारी दिए । उनले दल दर्ता खारेजीका लागि आयोगले के–के काम गर्दैछ भनेर जानकारी लिने बताए ।

माओवादी केन्द्रले बर्खास्त गरेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणी थापा, लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीलगायतका नेताहरुले पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि नेकपा एमाले लागेका नेताहरुलाई पूर्वमाओवादी केन्द्रका नेताहरुलाई बर्खास्त गरेको थियो ।