July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

एमाले कार्यदलको बैठक साँझसम्मका लागि स्थगित, आजै सहमतिको घोषणा गर्ने तयारी

170

काठमाडाै – नेकपा एमालेको कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ । अपराह्न १२ बजे सिंहदरबारमा बसेको बैठक साँझसम्मका लागि स्थगित भएको हो ।

कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले आन्तरिक तयारीका लागि बैठक स्थगित भएको जानकारी दिए । उनले आजै सहमतिको घोषणा गर्ने तयारी भएको जानकारी दिए ।

अहिले दुवै पक्षका नेताहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् । एमाले विवाद समाधानका लागि बुधबार राती अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको थियो ।

कार्यदलमा संस्थापनपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल रहेका छन् भने माधव नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट रहेका छन् ।