July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

पाल्पामा पहिरोले ६ घर पुरिंदा एकको मृत्यु, एक बेपत्ता, सात घाइते

200

पाल्पा – पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक वेपत्ता भएका छन् । पहिरोमा परेर सात जना घाइते भएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा पहिरोले ६ घर बगाएको छ । पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिँदा सोही ठाउँकी पूजा परियारको चार वर्षीय छोरा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

पहिरोले हिउँदे खोलमा ६ घर बगाएको छ । पहिरोमा परेर सात जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग नजिकै रहेको हिउँदे खोला भन्ने गाउँमा पहिरो खसेको हो । पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ । पहिरोले सिद्धार्थ राजमार्ग समेत अवरुद्ध भएको छ ।