July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

नेम्वाङमाथि बिडारीको आरोपः रेकर्ड गायव गराउने मान्छे त सत्तासँग गाँसिएर बस्या रहेछन्

135

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले पूर्वसंविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङमाथि गम्भीर प्रश्न उठाएका छन् ।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै बिडारीले नेम्वाङ तत्कालिन संविधान सभा अध्यक्ष हुँदा संविधानको धारा ७६ (५)को उपधारा राख्नुपर्ने कुराको रेकर्ड गायब गराएको आरोप लगाएका छन् ।

उनले पहिलो संविधानसभामा धारा ७६ (५)को उपधाराको व्याख्यात्मक टिप्पणी रहेको भन्दै दोस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी खर्लप्प खाएको आरोप लगाएका हुन् ।

‘संविधान सभामा हामीले बनाएका कुरा संविधानको धारा ७६ (५)को उपधारा राख्नुपर्ने कुराको रेकर्ड गायब गराएछ । त्यो गायब गराउने मान्छे त त्यो गायव गराउने मान्छे त अहिले सत्तासँग च्याप्प गाँसिएर बस्या रहेछन्’, बिडारीले भने, ‘संविधानसभाको त्यो रेकर्ड अहिले छैन । व्याख्यात्मक टिप्पणी पहिलो संविधानसभामा थियो । अहिले दोस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी खर्लप्प खाएछ । सत्तासँग ठ्याक्कै टाँसिएर मुखमा पानी हालेर बसेको छ । बोल्दैन ।’

भारत, क्यानडा र अष्ट्रेलियामाको उदाहरण दिँदै उनले राष्ट्रपतिले प्रधानमन्त्री मात्रै नियुक्त गर्न सकिने व्यवस्था रहेको बताए ।

यस्ताे छ बिडारीले गरेकाे सम्बाेधन

संविधान सभामा हामीले बनाएका कुरा संविधानको धारा ७६ (५)को उपधारा राख्नुपर्ने कुराको रेकर्ड गायब गराएछ । त्यो गायब गराउने मान्छे त त्यो गायव गराउने मान्छे त अहिले सत्तासँग च्याप्प गाँसिएर बस्या रहेछन् । संविधानसभाको त्यो रेकर्ड अहिले छैन । व्याख्यात्मक टिप्पणी पहिलो संविधानसभामा थियो ।

अहिले दोस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी खर्लप्प खाएछ । सत्तासँग ठ्याक्कै टाँसिएर मुखमा पानी हालेर बसेको छ । बोल्दैन । भारतमा, क्यानडामा र अष्ट्रेलियामा राष्ट्रपतिले प्रधानमन्त्री मात्रै नियुक्त गर्न सकिने छ भन्ने व्यवस्था रहेको छ । हाम्रो नेपालमा संविधानको धारा ७६ को १ मा एकथोक २ मा अर्को, तिनमा अर्को थोक र ५ मा अर्कै थोक लेखिएको छ । तर, भारतमा आज ७० वर्षको दौरानमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको वा नगरेको विषयमा कहिल्यै विवाद भएन ।

किनकी उनीहरुले लोकतन्त्रको अभ्यास गरे । लोकतन्त्रको अभ्यास गरेकाले संवैधानिक सिद्धान्तलाई कहिल्यै बर्खिलाप गरेनन् । हाम्रो देशमा पूरा पूरा लेखेको छ । राष्ट्रपति त्यसलाई पनि पालना र कर्तव्य पूरा गर्नुहुन्न । यति कुरालाई हामीले नेपालीमा उखान छ नि कुन्नी के को हातमा नरिवल परेको जस्तो भयो ।

यदी हाम्रो देशमा पनि संविधानमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ मात्रै लेखेको भए म त मेरै भाईलाई नियुक्त गर्छु । किनभने संविधानमा राष्ट्रपतिलाई संविधानले पूरा अधिकार दिएको छ । अरुलाई गर्न पाइँदैन भनेर लेखेको छैन् त्यसकारण म त गर्छु भन्ने परिस्थिति देशमा आयो ।

यसको ठूलो व्याख्या गर्न सकिन्छ । नेपालको संविधान बनाउने बेलामा संविधान नबनाउन भारतले ठूलो दबाब दियो । भारतले नेपालमा दूत पठाएर संविधान नबनाउ भन्यो । त्यसबेला संविधान नबनाउनका निम्ति कोशिश गर्यो । भन्यो संविधान– त्यसलाई पनि कसरी निश्तेज पार्ने , कसरी खत्तम पार्ने भनेर त्यतिबेलामा योजना भएछ ।

यस्तो प्रकारको नाकाबन्दीका मतियारहरु र आयोजकहरुले सामन्त गोयल समेतलाई अहिले आएर क्यारी गरेर हेरौं त । ७६ (५) मा निर्दलीयताको कुरा ल्याए । बुझ्नु न सुझ्नु, के हो निर्दलीयता भनेको ? बहुदलीय व्यवस्थामा कहाँ हुन्छ ? निर्दलीयताको अभ्यास हामीले गरिराखेका छौं । सभामुखले निर्दलीयताको अभ्यास गर्छन् प्रतिनिधिसभामा ? कार्यव्यवस्था परामर्श समितिले एकमतले निर्णय गर्छ ।

बाझिँदैन । सरकारले ल्याएको विधेयकको सरकारी पार्टीले नै विरोध गर्न पाउँछ । संशोधनमा भोट हाल्न सक्छ । विभिन्न प्रस्तावहरु सत्ता पक्ष र प्रतिपक्ष मिलेर ल्याइँन्छ । यस्तै निर्दलीय काम बहुदलमा सत्ता पक्ष र विपक्षी मिलेर हुन्छ । हाम्रो संविधानले अंगिकार गरेको छ । त्यो काम गर्न नदिने, विघटन गरिदिने? त्यसको सबै अधिकार आफैंले प्रयोग गर्ने ? यो बेइमानी हो ।

एउटै प्रधानमन्त्रीले एउटै प्रतिनिधिसभालाई दुई पटक विघटन गर्नु महाघोर जघन्य राजनीतिक अपराध हो । अक्षम्य अपराध हो । संसारका कुनै तानाशाहाले यस्तो अपराध गर्दैन । किनकि प्रतिनिधिसभा जनताको थलो हो । चुनाव त संविधानले भनेअनुसार हुन्छ । प्रधानमन्त्रीले भनेअनुसार चुनाव हुने हो र ? संविधानअनुसार चुनाव गर्ने बेलामा दलहरु पछि हट्दैनन् । बेइमानी गरेको छ ।