July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

संसद ब्यूतिनेमा विश्वस्त छु : प्रचण्ड

255

जनकपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गर्नुपर्ने बताएका छन् । मंगलबार जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा बुझाएको १ सय ४६ सांसदको हस्ताक्षरको आधारमा अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्नुपर्ने बताएका हुन् ।

संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनःस्थापनाको विकल्प नरहेको भन्दै उनले संसद पुनस्थापना हुनेमा विश्वास व्यक्त गरे । ‘संसद पुनःस्थापनाको विकल्प छैन । यसअघि पहिलो पटक विघटन हुँदा पनि सर्वोच्चले संसद पुनःस्थापना गरिदिएको थियो । यो पटक पनि पुनःस्थापना हुन्छ भन्नेमा विश्वस्त छु,’ उनले भने ।

उनले प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतलाई दबाब दिन खोजेको आरोप लगाए । ‘केपी ओलीले अदालतलाई दवाब दिन खोज्दै छन्, तर उहाँले दबाब दिएर हुनेवाला केहि छैन,’ उनले भने ।