July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

‘७६(५) सम्मका प्रयास असफल भए भने बहुदलीय व्यवस्थाबाटै वैकल्पिक सरकार बनाउने हो’

215

काठमाडौं -‘७६(५) सम्मका प्रयास असफल भए भने बहुदलीय व्यवस्थाबाटै वैकल्पिक सरकार बनाउने हो’ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटाको बहस जारी छ ।

आजको बहसको क्रममा वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले सभामुखको पक्षबाट बहस गर्दै प्रधानमन्त्रीले मार्गप्रशस्त गरेँ भन्दै गैरसंवैधानिक तरिकाबाट मार्ग अवरुद्ध गर्न नपाउने जिकिर गरेका छन् । त्यस्तै संविधानको धारा ७६(३) को प्रधानमन्त्रीले विश्वासको मत लिने वा राजीनामा दिने दुईमध्ये एक विकल्प रोज्नुपर्ने तर्क गरेका छन् ।

‘७६(५) सम्मका प्रयास असफल भए भने बहुदलीय व्यवस्थाप्रति कमिटमेन्ट भएको दलकै सदस्यबाटै वैकल्पिक सरकार बनाउने हो । त्यो वैकल्पिक सरकार कायम रहेको एमालेको वैकल्पिक सरकार हो कि एमालेकै सांसद लगेर वैकल्पिक सरकार हो ? यहाँ सदस्यहरुको स्ववीवेकी अधिकार हो श्रीमान, कसको सांसद दललाई थाहा हुन्छ, संसदलाई होइन ।’