July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

इजलासमा माग- देउवालाई प्रधानमन्त्री नियुक्त गरेर प्रतिनिधि सभा बाेलाउने फैसला हाेस्

225

काठमाडौं- वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला हुनुपर्ने माग गरेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका बहस गर्ने क्रममा उनले संविधान सभाले बनाएकाे संविधान नै गुम्ने अवस्था पुगेको उल्लेख गरे।

‘१४९ जना नै हस्ताक्षर गरेर दाबी गरेपछि काे चाहिन्छ? ओलीले त अधिकार नै गुमाउनु भयाे। न त राजीनामा दिनु भयाे न त विश्वासकाे मत लिनुभयो’, उनले भने, ‘सांसदकाे परीक्षण प्रतिनिधि सभामा गर्ने हाे। तर, रातारात काम हुन्छ। ७६ (५) काे प्रधानमन्त्री नियुक्त गरेर प्रतिनिधि सभा बोलाउन आदेश जारी हुनुपर्छ।’

उनले मुख्य कुरा संविधान सभाले बनाएकाे संविधान नरहने कि नरहने चिन्ता रहेको बताए। ‘अब कसले संविधान बचाउने। राष्ट्रपतिकाे अधिकारबारे राम्राेसँग व्याख्या हुनु पर्ने भएकाे छ। अघिल्लाे पटक प्रधानमन्त्रीको व्याख्या भएकाे थियाे त्यसले पुगेन। दुई तिहाइ पाएकाे र बहुमतमा रहेकाे सरकार अहिले कुन अवस्थामा छ? सरकारले गरेका काम संविधान विपरीत हुन थालेका छन्।’

उनले रातारात प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको भूमिका ‘मालाफाइट इन्टेसन’ देखिएको जिकीर गरे।