July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज सम्पादकहरुसित छलफल गर्दै

245

काठमाडौं- विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज सम्पादकहरुसित छलफल गर्ने भएका छन्।

गठबन्धनका कांग्रेस, माओवादी, एमालेको माधवकुमार नेपालपक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता बिहीबार दिउँसो २ बजे बानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा  सम्पादकसँग अन्तरक्रिया गर्ने भएका हुन्।

अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहितका नेता सहभागी हुनेछन्।

आन्दोलन गर्ने घोषणा गरेका नेताहरुले त्यसबारे सम्पादकहरुसित छलफल गर्न लागेका हुन्।