July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

जसपाकाे ठाकुर पक्षको बैठक बस्दै

170

काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि सत्ताबाट बाहिर पुगेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक आज (बिहीवार) बस्दै छ।

बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका निवर्तमान सांसद तथा ठाकुर पक्षका कार्यकारिणी अध्यक्ष उपस्थित हुने बताइएको छ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जसपाका एक नेताले बताए। 

आजको बैठकमा  पार्टीको भावी रणनीतिबारे समेत छलफल हुने उनले बताए। 

 बैठकमा पार्टीभित्र देखिएको पछिल्लो विवादको विषयमा समेत छलफल हुने बताइएको छ।