July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

देशभर ११२१ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (प्रदेशगत संख्यासहित)

300

काठमाडौं- देशभर हाल १ हजार १ सय २१ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। ८७१ आईसीयू र २५० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १ हजार १ सय ३२ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा १५२ आईसीयू र ४९ भेन्टिलेटरमा, प्रदेश २ मा ३७ आईसीयू र २ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४८४ आईसीयू र १५२ जना भेन्टिलेटरमा छन्। 

गण्डकी प्रदेशमा ७७ जना आईसीयू र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८१ जना आईसीयू र १७ जना भेन्टिलेटरमा, कर्णालीमा १५ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २५ जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ३४९ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन्। 

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १४ आईसीयू र ८ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १८ जना आईसीयू र ६ भेन्टिलेटरमा, वीर अस्पतालमा १७ आईसीयू र ६ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा ५ आईसीयूमा, नेपाल प्रहरी अस्पतालमा २२ आईसीयू र १२ भेन्टिलेटरमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ जना आईसीयू र १६ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५१ आईसीयू र २६ भेन्टिलेटरमा, पाटन अस्पतालमा १९ आईसीयू र ९ भेन्टिलेटरमा छन्। 

यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आईसीयूमा, भक्तपुर अस्पतालमा ५ आईसीयू र १ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा २३ जना आइसोेलेसनमा छन्। 

मनमोहन अस्पतालमा १ आईसीयूमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १४ आईसीयू र १ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ४ आईसीयूमा, किस्ट अस्पतालमा ८ आईसीयू र २ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ४३ आईसीयू र ५ भेन्टिलेटरमा छन्।