July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक, माधव नेपाललाई यस्तो दबाब

450

काठमाडौं । विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ । थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई शुरु हुन लागेको विपक्षी गठबन्धन छलफलमा जुटेका हुन् । साँझ साँढे ५ बजेदेखि शुरु भएको छलफलमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णवहादुर खड्का सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् ।

स्रोतका अनुसार बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् । त्यस्तै माधव नेपाल र भीम रावल पनि सो छलफलमा सहभागी छन् ।

स्रोतका अनुसार गठबन्धनका शीर्ष नेताहरु माधव नेपाल निवासमा पनि छलफल गरेका छन् । नेपालले गठबन्धनलाई धोका दिएर केपी ओलीसँग नमिल्ने वचन दिएको स्रोतको भनाई छ । अवस्थामा एमाले एकता कायम गर्न लागिरहेका बेला नेपालमाथि गठबन्धन नतोड्न दबाब रहेको छ ।

माधव पक्षकै दोस्रो तहका नेताहरु पार्टीलाई जेठ २ मा फर्काउन ओली तयार छन् । एमालेमा एकता कायम हुन लागेपछि यसबीचमा गठबन्धनका शीर्ष नेताहरुले छलफल र भेटघाटलाई तिब्र बनाएका छन् ।