July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

एकै दिन ३ हजार ४५६ संक्रमितले कोरोनालाई जिते

275

काठमाडाैं- नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप तीन हजार ४५६ जनाले कोरोना भाइरसलाई जितेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाभित्र उनीहरु संक्रमणमुक्त भएका हुन्। उनीहरु विभिन्न अस्पतालमा उपचाररत र आइसोसेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका थिए।

यससँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या पाँच लाख ५६ हजार ७९८ पुगेको छ।