July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

अब बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे एक लाख जरिवाना र दुई वर्ष कैद

420

काठमाडौं । मेलम्ची बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे एक लाख जरिवाना र दुई वर्षसम्म कैद हुने भएको छ । विपद् पीडितका नाममा चन्दा वा राहत संकलन नगर्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निर्देशन दिएको हो ।

शुक्रबार प्रशासनले विज्ञप्ति जारी गर्दै चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कानूनी कार्वाही गर्ने जानकारी गराएको छ ।

प्रशासनले ध्यानाकर्षण गराराँदै उक्त कार्य गर्नेलाई कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना, दुईवर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने जानकारी गराएको हो ।