June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, आजै शपथ

180

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिन लागिएको हो । 

मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको एमाले नेता विष्णु रिजालले बताए।  मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन प्रधानमन्त्री ओली पार्टीका नेताहरूसँग परामर्शमा छन् ।

मन्त्रिपरिषदमा सुदूरपश्चिम,कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार हुन लागेको छ। थपिने सबै मन्त्री एमालेका छन्।

एमालेभित्र पूर्व माओवादी समूहका कम्तीमा दुईजनाले अवसर पाउने भएका छन्।