June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

सभामुखद्वारा प्रधानमन्त्रीलाई चिठी

140

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न आग्रह गर्दै सभामुखले यस्तो चिठी लेखेका हुन् ।

सभामुख सापकोटाले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन् । सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको सभामुखकाे सचिवालयले जनाएको छ ।