June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावमा लिखित जवाफ दिने नेपाल समूहको निर्णय

110

काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावको लिखित जवाफ दिने निर्णय गरेको छ । सोमबार बसेको माधव समुहका नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीले आइतबार राति पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघिसारेका थिए । अध्यक्ष ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।