June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

प्रधानान्यायाधीश बिरामी परेपछि आज संवैधानिक इजलास नबस्ने

170

काठमाडौं – प्रधानान्यायाधीश चोलेन्द्र शमसेर जबरा बिरामी परेको कारणले आज सर्वोच्च अदालतको संवैधानिक इजलास नबस्ने भएको छ ।

सर्वोच्चका कर्मचारीका अनुसार प्रधानान्यायाधीश जबरालाई बिसन्चो भएको सुचना आएसंगै प्रतिनिधि सभा विघटन विरुद्ध परेका मुद्धामा आज सुनुवाइ नहुने भएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने र प्रतिनिधिसभा पुनर्गठन हुनुपर्ने परामादेशको माग राख्दै विपक्षी गठबन्धनले दायर गरेको रिट गरेको थियो । तर कुन न्यायधीश संवैधानिक इजलासमा बस्ने/नबस्ने विवादसंगै हालसम्म विषयबस्तुमा प्रवेश गर्न पाएको छैन ।

संवैधानिक इजलासमा न्यायधीशमाथि प्रश्न उठेपछि आइतबार प्रधानान्यायाधीश जबराले वरिष्ठताका आधारमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वपरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई समेटेर पुन: इजलास गठन गरेका थिए ।