April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्न एमाले स्थायी कमिटीका १५ सदस्यको माग

4.9K

काठमाडौँ । एमालेका १५ जना स्थायी कमिटीका सदस्यहरुले उपप्रधानमन्त्री राजेन्द्र महताको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट गर्न माग गरेका छन् । 

शनिबार साँझ उनीहरुले संयुक्त विज्ञप्ति निकाल्दै कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन नसक्ने उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट गर्नुपर्ने मा्‍ग गरेका हुन् । ‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानसाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ’ विज्ञप्तिमा छ, ‘यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान

आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन । उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।’

Advertisement

यसरी विज्ञप्ति जारी गर्नेमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य

गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल छन् । यसअघि खनाल–नेपाल समूहकै १८ जनवर्गीय संगठनले संयुक्त विज्ञप्तिमार्फत उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री ओली किन मौन भनेर प्रश्न गरेका छन् ।