January 23, 2026, Friday
२०८२ माघ ९
1:37:26 pm

उपप्रधानमन्त्री महतोकाे पुतला दहन

2.3K

काठमाडाैं : नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो पुत्ला दहन गरिएकाे छ। नेकपा एमाले माधव नेपाल समूहकाे अनेरास्ववियुले शनिबार बेलुकी नयाँ बानेश्वरमा पुत्ला दहन गरेकाे हाे।

महताेले मन्त्री नियुक्त हुनासाथ देश टुक्राउने अभिव्यक्ति दिएकाे भन्दै पुत्ला दहन गरिएकाे हाे। उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका थिए। पुतला दहनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिएकाे थियाे। 

mostbet

पुत्ला दहन गर्ने आरती लामा, सुरेश पराजुलीसहिका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।  

Advertisement